- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । अनेरास्ववियुका बिद्यार्थी नेता देबी चन्द्र मण्डेललाई प्रहरी नियन्त्रणमा लिएको छ । सदरमुकाम चैनपुर बजारको चौराहामा तीजको नाच गान हेरिरहेकी एक किशोरीलाई यौन दुर्व्यवहार प्रयासको आरोपमा प्रहरीले उनलाई नियन्तणमा लिएको हो ।
मष्टा गाउँपालिका रिलु घर भई सदरमुकाम चैनपुरमा बस्दै आएकी एक किशोरीलाई बिहिबार जिस्कएको र उनको सम्बेदनशिल अंगमा छोएपछि किशोरीले तत्कालै प्रहरीलाई खबर गरेपछि सोही दिन राती बजारबाट मण्डेललाई प्रकाउ गरेको प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले जानकारी दिए ।
उनले भने पिडित पक्षको जाहेरी आएको छैन् ,घटनास्थलमा किशोरीले आफुलाई दुर्व्यवहार भएको भनेको आधारमा समातेको हो । उनले घटनाको बारेमा थप अनुसन्धान भई रहेको र नेता मण्डेललाई कानुन अनुसार कारबाही गरिने र मंगलबार सम्म मुद्धा दर्ता गरिने जानकारी दिए ।
खुल्ला ठाउँमा किशोरीलाई दुर्व्यवहार गरेको अरु महिलाहरुले पनि देखेपछि मण्डेललाई पक्राउ गर्न अरु महिलाहरुले पनि दवाव दिएकी छन् । मण्डेल तिन दिन देखी प्रहरीको हिरासत मै छन् । उनि तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्वीयूका केन्द्रिय सदस्य हुन् ।