arrow

आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
rasta-bank.jpg.jpeg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
 
बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ