arrow

एनआइसी एशिया बैङक तथा ग्राहकहरुलाई कुनै क्षती नभएको सीइओ न्यौपानेले पारे प्रष्ट

चिनियाँ ह्याकर लुटेराबाट एनआइसी एशिया बैंक सुरक्षित

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
roshan-neupane.jpg

काठमाडौं । नेपालका बैङकको एटीएमहरुमा चिनियाँ लुटेराहरुले ह्याक गरेर करोडौं रकम कुम्ल्याउने प्रयास बैङकका अधिकारीहरु र सुरक्षाकर्मीको सुझबुझपूर्ण निर्णयपछि असफल भएपछि वाणिज्य बैङकहरुले आफ्नो बैङकको सेक्युरिटी सिस्टमको पुनरावलोकन गरेका छन्। बैङकका अधिकारीहरुले सर्वसाधारणलाई ढुक्क भएर बैङकमा कारोवार गर्न पनि आग्रह गरेका छन्। 

यसैबीच एनआईसी एशिया बैङकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बैङकको एटीएम सिस्टम, अन्य बैङकिङ सिस्टम, सम्पती र पूर्वाधारहरु पूर्णत सुरक्षित रहेको बताएका छन्। निक्षेपकर्तादेखि सर्वसाधारण आम नागरिकलाई आश्वस्त पार्दै न्यौपानेले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको बताए। उनले एनआइसी एशिया बैङक तथा ग्राहकहरुले कुनै क्षती व्यहोर्नु नपरेको प्रष्ट पारेका छन्। केहि समय एटीएम बन्द गरिएर सतर्कता अपनाइएको समेत जनाउँदै न्यौपानेले विज्ञहरुको परामर्श तथा विषयहरुको अनुसन्धान, पुनरावलोकन, विश्लेषण, मूल्याङकन पछि पूर्ववत रुपमा काम सूचारु गर्न सकिएको बताए। बैङको नियन्त्रण भन्दा बाहिर रहेको परिस्थितिबाट सिर्जना भएको असुविधाको लागि भने बैङकले दुख व्यक्त गरेको छ। 

यसअघी नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको थियो। चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
 
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कुरा गर्दै भने, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उनले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिए ।
 
चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र रु एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त रु भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भने, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन  गर्छौ ।”

उनले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकर्ता अपनाउनसमेत निर्देशन दिइएको छ । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालिएको छ ।

प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ