-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनलले २–२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदान इमाइरेट्स स्टेडियममा दुई गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले बराबरी खेलेको हो ।
आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट्सले ४५ औं र पेरी एम्रिक आबुमियाङले ७१ औं मिनेटमा गोल गरे ।

यसअघि टोटनह्यामका क्रिस्टियन एरिक्सनले १० मिनेटमै र ह्यारी केनले ४० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

एभर्टन–वुल्भस्
एभर्टनले घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डेरर्सलाई ३–२ गोल अन्तरले हरायो ।
एभटैनका रिचार्लसनले दुई तथा एलेक्स आइवोबीले एक गोल गरे ।
पराजित वुल्भस्का लागि रोमोन साइस र राउल जिमेनेजले एक एक गोल गरे ।

अंक तालिका
चौथो चरणको समाप्तिसम्म लिभरपुल १२ अंकबाट शीर्ष, म्यान्चेस्टर सिटी १० अंकबाट दोस्रो, लेस्टर सिटी ८ अंकबाट तेस्रो स्थानमा छ ।
क्रिस्टल प्यालेस, आर्सनल, एभर्ट र वेष्टह्यामको समान ७ अंक छ ।
म्यान्चेस्टर युनाइटेड, टोटनह्याम, सेफिल्ड युनाइटेड र चेल्सीको समान ५–५ अंक छ ।
