arrow

माल्दिभ्समा अनुच्छेद ३७० उठेकोप्रति भारतको आपत्ति

हरिवंश भन्छन् – जसले कश्मीरमाथि कब्जा जमायो उसलाई अन्तर्राष्ट्रिय स्तरमा बोल्ने नैतिक अधिकार छैन 

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
maldives-parliament.jpg

काठमाडौं । भारतले पाकिस्तानमाथि जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएको मुद्धाबारे अन्य मुलुकमा गएर अनावश्यक बखेडा निकालेको भन्दै आपत्ति जनाएको छ । 

साउथ एसियन स्पीकर समिटमा माल्दिभ्सको संसदमा गएर पाकिस्तानका उपसभामुख कासिम सुरीले अनुच्छेद ३७० बारे मुद्दा उठाउने कोसिस गरेपछि राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले त्यसको निन्दा गरेका छन् । 

उनले यस मन्चमा राजनीतिकरण गर्ने पाकिस्तानी प्रयासको विराध गरेका हुन् । उनले यो मुद्दा सम्मेलनको विषयभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन् । 

भारतीय टिम लोकसभा अध्यक्ष ओम बिरलाको अगुवाईमा माल्दिभ्स गएको हो । 

हरिवंशको बयानको जवाफमा पाकिस्तानी सांसद कुर्तुलेन मारीले स्थायी विकासको लक्ष्यलाई तबसम्म हासिल गर्न सकिँदैन जबसम्म महिला र युवालाई मानवअधिकार प्रदान गर्न सकिन्न । उनले भने, ‘कश्मिरीमाथि अत्याचार भइरहेको छ । पाकिस्तान कहिल्यै आतंकवादको पक्षधर हैन ।’

माल्दिभ्सको संसदमा सभापति मोहम्मद नशीदले मारीको भनाइलाई रोक्दै दुई देशका प्रतिनिधिबीच जारी बहसलाई समाप्त पार्ने प्रयास गरेका थिए । उनले विवादास्पद कुरा उठाउने पाकिस्तानी उपसभामुख सारीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन समेत दिए।

हरिवंशले भनेका थिए– जसले कश्मीरमाथि कब्जा जमायो उसलाई बोल्ने नैतिक अधिकार छैन । 

हरिवंशले भने – जसले १९७१ मा नरसंहार मच्याएर अवैध तरिकाले कब्जा गर्यो उसलाई अन्तर्राष्ट्रिय मन्चमा यो मुद्दा उठाउने कनै नैतिक अधिकार छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ