इजरायली सेनाको गाडीमाथि हेजवुल्ला समूहद्वारा आक्रमण
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ १६ सोमबार
549
Shares
बेरूत, लेबनान। लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पुर्याएको बताइएको छ। उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
लेबनानको स्थानीय टेलिभिजन च्यानल अल मानरले हेजबुल्ला समूहलाई उद्धृत गर्दै भनेको छ, “गाडीमा रहेका इजरायली सेनाहरूको मृत्यु भएको र केही घाइते भएका छन्।”
गाडीमा कति सवार थिए र मृत्यु हुने वा घाइते हुनेको सङ्ख्या भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन। यसैबीच, हेजबुल्ला समूहको आक्रमणपछि दक्षिणी इजरायलले मारौन अल–रस र यारौन क्षेत्रमा आक्रमण गर्न आफ्नो सेना बाध्य भएको इजरायलले जनाएको छ।