arrow

जापानमा ६.१ रिक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
japan-earthquake-01-april-2016.png.png
टोकियो । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ । 
 
यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ । 
 
तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ