arrow

सडकमा भेटाएको ५ हजारको चेक साटेर पैसा फिर्ता

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
sadak.jpg.jpeg
बर्दिया । सडकमा भेटाएको चेंक वैंकमा साटेर फिर्ता गरिएको छ ।  वुधवार दुरसञ्चार कार्यालय अगाडी भेटिएको हिरालाल चौधरीको नाममा काटिएको चेक राष्ट्रिय वाणिज्य वैंक गुलरिया शाखामा साटेर ५ हजार रुपैया नगद खाता धनीलाई नै फिर्ता दिईएको हो ।
 
गुलरिया नगरपालिका वार्ड नं. १४ परर्सिया गाउँ निवासी दलित महिला उत्थान संघ गुलरियामा कार्यरत खाता धनी सुस्मा चौधरीले वैंकबाट पैसा निकाल्न हिरालाल चौधरीको नाममा चेक काटेको वताईन् । हिराको व्यस्तताका कारण सो चेक साट्न  गोमा महतोलाई दिएका थिए । गोमाको खल्तीबाट चेक खसेको उनले वताईन् ।
 
नेपाल पत्रकार महसंघ बर्दियाका सचिव  यादव आचार्यले मोटरसाईकल ड्राईभिङ्गका क्रममा सडकमा खुचमुचिएको मैलो अवस्थामा चेक जस्तो कागज देखेपछि वाईक रोकेर अर्का मित्रलाई चेक उठाउन लगाएको र वैंकमा साट्दा ५ हजार रुपैया भुक्तानी पाएको आचार्यले वताए ।
 
चेकको पछाडी सुस्माको मोवाईल नम्वर लेखिएकाले सो नम्वरमा सम्पर्क गरी सुस्मालाई वोलाएर आचार्यले पैसा फिर्ता गरेका थिए । अहिलेको समयमा यस्तो मान्छे पाईदैन जो भेटाएको पैसा फिर्ता देओस् धेरै धेरै धन्यवाद सुस्माले खुशी व्यक्त गरिन् । चेक हराएकी गोमा झनै खुशी भईन् ।  मैले हराएको चेक भेटाएर उहाँले फिर्ता दिनु भो साहौँ खुशी लाग्यो यस्तो मान्छे सजिलै पाईदैन गोमाले थपिन् । पैसा भेटिएपछि सवै खुशी भएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ