arrow

काँग्रेस केन्द्रीय समितिको वैठक २२ गते २ वजे

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
nc-flag.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ चैत्र २२ गते सोमबारका दिन बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले दिएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिको वैठक चैत्र २२ गते दिउँसो २ बजे व्यवस्थापिका–संसद भवन, नयाँ वानेश्वरमा बस्ने भएको छ। 
 
नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको मिति तय भईसकेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान संशोधनको अडान राखेपछि काँग्रेस अहिले विधान संशोधनमा लागेको छ। काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र पूर्ण बहादुर खड्कालाई विधान संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएपछि उनीहरु गृहकार्यमा लागेका छन्। उनीहरुले पौडेल पक्षका नेताहरुसंग छलफल गरेका छन् भने पौडेल पक्षका नेताहरुले पनि विधानमा थप्नुपर्ने विषयहरुका बारेमा परामर्श गरिरहेका छन्। 
 
उनीहरुले तयार पारेको विधान संशोधनको खाकालाई निर्वाचनका लागि तोकिएको मिति भन्दा पहिला बस्ने संसदीय दलको बैठक र केन्द्रीय समितिको बैठकले पारित गर्ने तयारी भएको छ। यहि तयारीको सिलसिलामा सभापति देउवाले आउदो २२ गते विहान बस्ने संसदीय दलको बैठक बोलाउने र दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएका हुन्। पूर्वसभापति सुशील कोइरालाको निधन पश्चात रिक्त रहेको कांग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते र कार्यसमिति चयनका लागि चैत २६ गते निर्वाचन हुँदैछ। बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यवाहक मुख्य सचिव पराजुलीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ