arrow

तालिवान विद्रोहीसंग अमेरिकाले यसरी गर्यो सहमति 

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान विद्रोहीसंग सहमति गरेको दावी गरिएको छ ।

तालिबानसँगको वार्तामा सहभागी एक जना अमेरिकी वासिंगटन पोष्टका उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले दुई पक्षबीच सैद्धान्तिक सहमति बनेको दाबी गरेको छ ।

तर यो सहमतिलाई अन्तिम रुप भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनु पर्नेछ । उनले अहिलेसम्म स्वीकृतिको झण्डा फहराएका छैनन् । 

अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले टेलिभिजन अन्तर्वार्ताका क्रममा सहमतिबारे विस्तृतमा बताएका हुन् ।

सहमतिअनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट ५४ सय सैनिक फिर्ता लैजानुपर्नेछ । अफगानिस्तनमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ