टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ बर्षीय यूवक रहेको प्रहरीद्वारा पुष्टि
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
424
Shares
ह्युस्टन, संयुक्त राज्य अमेरिका। शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ।
सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ। आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए।
दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो। प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो। तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन।
उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए।
आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन्। “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भने। घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो।