arrow

प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा प्राध्यापक डा. गोविन्द राम अग्रवाल सम्मानित

६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाल सम्मानित

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
gobindaram-agrawal-samman.jpg

काठमाडौं। प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा. गोविन्द राम अग्रवाललाई सम्मानित गरेको छ । काठमाडौंमा मंगलवार आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो ।

डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विशेमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्धारा सम्मानित गरिएको हो । 

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषय अध्यापन गराउन कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको हो । 

इश्वरीलालाको सम्झानामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ठ व्यक्तिलाई सम्मान गर्न शुरु गरेको इश्वरीलालका पुत्र प्रकाश श्रेष्ठले जानकारी दिए । 

सम्मानित कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति लगायतको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ