व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ चीनलाई ट्रम्पको चेतावनी
एएफपी,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
951
Shares
वासिङ्टन। बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन्। उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताए। उनको दावी आफू दोस्रो पटक पनि निर्वाचित हुने र दोस्रो कार्यकालमा व्यापार सम्झौता अझ जटिल बन्ने बताए।
मलाई थाहा छ उनीहरू नयाँ प्रशासनसँग सहमति गर्न चाहन्छन्। रोजगारी तथा कम्पनीहरूको क्षेत्रमा १६ महिनाभन्दा बढीको समय भनेको लामो अवधि हो जसले अर्थतन्त्रमा व्यापक प्रभाव पार्छ, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ।
“त्यसपछि चीनको आशा के हुनेछ जब मैले निर्वाचन जितेर दोस्रो कार्यकालका लागि योग्य बन्नेछु। सम्झौता थप कठीन बन्नेछ।”