arrow

एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याकको सम्झौता

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
nicasiabanklogo.png

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन  मोबाइल फोन खरिद गर्दा १० प्रतिशत 'क्यास ब्याक' प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक क्युआर मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन्। 

बैंकको देशभर २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटिएम, ५८  एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ