arrow

अपाचे आएपछि भारतीय सेनामा उत्साह, के हो र अपाचे ?

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
AH-64_Apache-helicopter.jpg

काठमाडौं। अपाचे रहेको १४ औं देश भएपछि भारतीय सेनामा उत्साह देखिएको छ। अमेरिकासँग गरिएको खरिद सम्झौता अन्तर्गत पहिलो खेपको आठ वटा अपाचेलाई भारतीय वायुसेनाले आफूमा सामेल गरेको छ।

भारतीय वायुसेनामा सामेल गरिएको ८ अपाचेलाई आधा पाकिस्तानको सीमा क्षेत्र र आधा चीनको सीमा क्षेत्रमा राखिएको भारतीय सेनाले जनाएको छ। 

सन् १९९१मा इराक आक्रमणमा प्रयोग गरेको अपाचेलाई अमेरिकाले अफगानिस्तानमा तालिवानी आतंककारीहरुमाथि कार्वाहीमा समेत प्रयोग गरेको थियो। 

१८ हजार फिट माथिसम्म गएर आक्रमण गर्न सक्ने अपाचेले २५६ मुभिङ टार्गेटलाई निशाना बनाउन सक्छ। अपाचेलाई उडने ट्याङकको रुपमा समेत चिनिन्छ।  

दिन र रातमा मात्र नभइ जुनसुकै मौसममा समेत दुबैमा उडान भर्न सक्ने अपाचे आकाशबाट जमिनमा र आकाशबाट र आकाशमै मार हान्न सक्नेगरि समेत बनाइएको छ। 

यहि अपाचेले उडानकै समयमै १२ सय राउण्ड गोली प्रहार गर्न सक्छ। रक्षा विशेषज्ञहरुका अनुसार ६४ वटा ट्याङकलाई प्रहार गर्न सक्ने क्षमता समेत अपाचेले राख्छ। 

अमेरिकाबाट ३ पटकमा गरि २२ वटा अपाचे हेलिक्पटर भारतीय वायुसेनालाई उपलव्ध गराईने बताइएको छ। 

पाकिस्तानसँग वढदो तनावका बीच भारतीय वायुसेनामा अपाचेको तैनाथीले भारतीय सेनामा मनोवल उच्च भएको रक्षा विशेषज्ञहरु बताउँछन्।  

पहिलो खेपमा भारत आएका अपाचे पाकिस्तानबाट २५ किलोमिटर मात्र टाढा रहेको पंजावको पठानकोट एयर वेसमा स्ट्यान्डवाई राखिएको छ। 

यस लगत्तै भारतीय वायुसेनामा फ्रान्सेली युद्धक विमान रफाइल सामेल हुने बताइएको छ। अपाचेसँगै रफाइल समेत वायुसेनामा सामेल हुँदा भारतको सामरिक क्षमता कैयौं बढ्ने विश्लेषण गरिएको छ जस्ले भारतीय सेनामा उत्साह थपिएको छ। 

भारतीय सेना संसारकै चौथौ शक्तिशाली सेनाको रुपमा रहँदा अपाचेको उपस्थितिले यो शक्तिलाई अझ बढाउने एयर चीफ मार्सल बीएस धनोआले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ