arrow

काबुल विस्फोटमा दुई नेपाली पनि मारिए

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
kabuls.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी दुई नेपालीको समेत ज्यान गएको छ ।

मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीका गार्ड भएको बुझिएको छ । 

अफगानिस्तानमा भारतको दिल्ली दुतावासले हेर्ने गरेका कारण सूचनामा ढिलाई भएको छ । 

अमेरिका र विद्रोही तालिवानी समूहबीच सहमति भएको समयमै तालिवानी समूहले काबुलको ग्रीन भिलेज क्याम्पमा बम विष्फोट गराएको थियो । 

उक्त विष्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । ११९ जना घाइते छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ