arrow

ब्रेक्जिट प्रक्रियामा बेलायती प्रधानमन्त्री जोनसनलाई झड्का, गुम्यो बहुमत, सम्भावना आमचुनावको

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
uk-parliament.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई झड्का लागेको छ । बेक्जिट नीतिलाई पारित गर्ने बारेमा विपक्षी तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका बागी सांसदले जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का दिएका हुन् । 

मङ्गलबार राति भएको मतदानमा सरकारको पक्षमा ३०१ मत खस्दा विपक्षमा ३२८ मत खसेको हो । 

Furious Boris Johnson (pictured, last night in the Commons) has called for a snap election after rebel MPs seized control of the house by 328 to 301

अब सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सकिने छ । यो विधेयकमाथि संसद्‌मा बुधवार छलफल हुने भएको छ।

प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन्।

यदि सरकारको सहमति विनाको विधयेक पारित भए आगामी अक्टोबर १५ तारिखमा आमचुनाव हुन सक्ने विश्लेषण गरिएको छ । 

Labour leader Jeremy Corbyn is pictured in the Commons last night after rebel MPs seized control of the house, infuriating the Prime Minister

यही ब्रेक्जिट प्रक्रियाकै कारण यसअघिकी प्रधानमन्त्री टेरिजा मेले हात धुनु परेको थियो । अब त्यो लाइनमा हालका प्रधानमन्त्री जोनसन पनि पुग्दैछन् । 

उनले संसद्‌मा बहुमत गुमाएका छन् । पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन् । 

६ सय ५० सदस्यीय ब्रिटिश संसद्‌मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्र्याटिक युनियन पार्टीका १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ