arrow

कर्नाटकका कांग्रेस नेता डीके शिवकुमार पनि फसे मुद्रा अपचलनमा 

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
dk-shivakumar.jpg

काठमाडौं । भारतको कर्नाटकका कांग्रेस वरिष्ठ नेता डीके शिवकुमार पनि मुद्रा अपचलनको आरोपमा पक्राउ परेका छन् । 

पवर्दन निर्देशालय इडीले ५७ वर्षीय पूर्व मन्त्री तथा कनकपुराका वर्तमान विधायक शिवकुमारलाई गिरफ्टार गरेको हो । अनुसन्धान एजेन्सीका अनुसार शिवकुमारले अनुसन्धानमा सहयोग गरिरहेका छैनन् । 

उनलाई चार प्रश्न सोधिएकामा उनले असहयोग गरेको छानविन समितिले बताएको छ । 

उनलाई मनि लाउन्डरिङ प्रिक्वेसन एक्टका आधारमा समातिएको हो । पक्राउ परेपछि शिवकुमारले आफ्नो विरुद्धमा भाजपा लागेको आरोप लगाएका छन् । 

उनले पक्राउ परेपछि ट्वीटरमा ट्वीट गर्दैै लेखेका छन् – मेरा आफ्ना भाजपाका साथीहरु मलाई गिरफ्तार गर्ने मिसना सफलता हासिल गरेका छन् बधाई दिन्छु ।’

उनले आफ्नो विरुद्धमा आइटी तथा इडीको घटना राजनीतिक प्रेरित रहेको पनि बताएका छन् । 

आफू भाजपाको बदलाको राजनीतिक शिकार भएको बताए । 

उनले कांग्रेस नेता तथा कार्यकर्तालाई निराश नहुन पनि अपिल गरेका छन् । 

आफूले कुनै गलत नगरेको भन्दै भगवान र आफ्नो देशको न्याय व्यवस्थाप्रति पूर्ण भरोसा रहेको उनले बताए । 

उनलाई बुधबार अदालतमा पेश गरिने भएको छ । इडीले शिवकुमारसंगै नयाँदिल्लीस्थित कर्नाटक भवनका एक कर्मचारी र अन्यविरुद्ध गत वर्षको सेप्टेम्बरमा मुद्रा अपचलनबारे उजुरी दर्ता गरेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ