arrow

गगन थापाको प्रधानमन्त्रीलाई 'बा' भन्दै बिश्राम गर्न आग्रह

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
gagan_thapa10.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन कामर थापाले बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै बिश्राम गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली उपचरार्थ सिंगापुरमा रहेका छन्।

प्रतिनिधिसभामा बोल्दै थापाले सरकारले प्रमको स्वास्थ्य अवस्था बारे समसदलाई जानकारी किन नगराएको भन्ने प्रश्न पनि गरे । उक्त क्रममा उनले प्रमका निजी चिकित्सकले प्रेसमा भनेको कुराबाट जनता सुसुचित हुनुपरेको छ।

उक्त क्रममा थापाले ‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बा सरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्। हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं?’

उनले प्रधानमन्त्रीको लोकतान्त्रिक आन्दोलन पर्तिको सकृयताको स्मरण गर्दै योगदानको कदर गरेका छन्। प्रमको शान्त्ती प्रकृया प्रति दिएको योगदान सम्झिंदै उनले बिश्राम गर्न र सबैको अभिभावक भएर बस्न पनि आग्रह गरेका छन्।

नेकपामा प्रम भएर चलाईसकेका एकसेएक नेता छन् र प्रम हुन चाहाने पनि राम्रा नेताहरु छन्। पार्टीले प्रमलाई बिश्राम गर्न सल्लाह दिनु पर्ने पनि थापाले बताए। ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ। भिडियोबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’

इच्छाशक्ती वा चाहाना एउटा कुरा हो भने शारिरीक क्षमता फरक कुरा हो थापाले भने। प्रधानमन्त्री ओली मृगौला सम्बन्धि उपचारका लागि सिंगापुर रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ