arrow

मदिराले मृत्यु

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ चैत १९ शुक्रबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम । तेह्रथुममा अत्याधिक मदिरा सेवन गरेका एक व्यक्तिको मृत्यु भएको छ ।  हलिमेलाबाट धरानकालागि चल्ने को १ ख २७८० नंम्बर को बसका सहचालक ३५ वर्षीय महेन्द्र चौधरीको अत्यधिक मदिरा सेवनकै कारण विहिबार राति १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । 
 
मोरङको भाउन्ने घर भएका चौधरी विगतका केही वर्षदेखि बसमा काम गर्दै आएका थिए । चौधरी विहीबार मदिरा सेवनपछि अस्वस्थ भएका थिए । उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकामा उनको उपचारकै क्रममा निधन भएको प्रहरी निरीक्षक जनक पुरीले बताए । प्रहरीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टम गरी शुक्रबार आफन्तलाई बुझाई सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ