arrow

भूकम्पको बिचल्लीमा पनि बाल स्वास्थ्य रक्षा, दोलखा १७औँ पूर्ण खोपयुक्त जिल्ला

logo
श्याम खतिवडा,
प्रकाशित २०७२ चैत १९ शुक्रबार
dolkha-khop-new.JPG.jpeg
दोलखा । २०१६ सम्म नेपाललाई पूर्ण खोपयुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत शुक्रबार दोलखा १७ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ ।प्रतिनिधी सभाका सदस्य एवं नेकपा एमाले पोलीटब्यूरो सदस्य पशुपति चौलागाई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तराज श्रेष्ठले संयुक्त रुपमा एक समारोहका बीच पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे । ४८ गाविस र २ वटा नगरपालिका रहेको दोलखामा यसअघि नै सबै गाविस र नगरपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । 
 
घोषणा सभामा बोल्दै एमाले पोलिट व्युरो सदस्य एवम् सांसद पशुपति चौलागाइले तोकिएको समयभन्दा अघि नै नेपाललाई पूर्ण खोपयुक्त राष्ट्र घोषणा गर्न वर्तमान सरकार लागिपरेको बताए ।  चौलागाइले संविधान बनेपश्चात विभिन्न कानुनहरु निर्माण गर्नुपर्ने यो विशम् परिस्थितिमा स्वास्थ्यसँग सम्बन्धित कानुनहरु निर्माणमा आफु र आफ्नो पार्टी लागिपरेको बताउनुभयो । चौलागाइले दुर्गम ठाँउको स्थानीयहरुले अझै सिटामोल खान नपाएको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा स्वास्थ्यको पहुँच सवैतिर विस्तार गने सरकार लागिपर्नुपर्ने बताए  । त्यसैगरी सांसद पार्वत गुरुङले भुकम्पले तहस नहस बनाएको बेला पनि नागरिकले आफ्ना बालबालिकालाई स्वास्थ्यको पहुँचमा राख्नु सफलता भएको बताए । 
 
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं राष्ट्रिय खोप अभियानका संयोजक शान्तबहादुर श्रेष्ठले १२ महिना पूरा गरी २३ महिना भित्रका सवै बालबालिकाले खोप पाउनु नै दोलखाको सफलता भएको बताए । श्रेष्ठले प्रदेश नं. ३ अन्र्तगत दोलखा पहिलो पूर्ण खोपयुक्त जिल्ला समेत भएको बताए । सचिव श्रेष्ठले निश्चित समय सीमा भन्दा पनि सबै उमेर समूहका मानिसहरुले स्वस्थ रहन आग्रह समेत गरे । 
 
कार्यक्रममा विश्प स्वास्थ्य सगंठनका डक्टर अभियान गौतम नेपाली कांग्रेस दोलखाका सभापती रुद्र बहादुर खड्का, एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, एकिकृत नेकपा माओवादीका जिल्ला नेता विशाल खड्का, दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, स्थानीय विकास अधिकारी विष्णु प्रसाद शर्मा लगायतले बोलेका थिए । कार्यक्रमकै अवसरमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सहयोग गर्ने विभिन्न गैरसरकारी संस्था तथा व्यक्ति सम्मानित भए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ