arrow

कड्किए प्रचण्ड, ‘संविधानमा यसो राख, उसो गर भन्ने अधिकार अरुलाई छैन’

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
nirmal_lama-prachand.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले गरेका अन्तक्र्रियामा दाहालले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोही कसैले चासो राख्नुको आवश्यकता नभएको बताएका हुन् । 
 
दाहालले राष्ट्रिय स्वाधिनताका लागि आन्तरिक राष्ट्रिय एकता अनिवार्य भएको बताए ।  दाहालले भने, ‘हाम्रो आन्तरिक मामिला हामी आफैंले समाधान गर्न चाहान्छौं ।’ आफूहरुले सबै छिमेकीसँग मित्रता चाहेको दाहालको भनाई छ ।  वर्तमान संविधान पूर्ण नभएको जानकारी दिँदै समय अनुकूल परिवर्तन गर्न सकिने दाहालको धारणा छ ।  
 
विहिबार युरोपियन युनियन र भारतले संयुक्त रुपमा जारी गरेको वक्तव्यबारेको सन्दर्भ झिक्दै दाहालले नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको उल्लेख गरे । उनले भने, ‘नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन ।’ 
 
एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीका टिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताए । एमाओवादीका नेता अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा चेतना जगाउने काम निर्मल लामाले सुरु गरेको बताउँदै वर्तमान सन्दर्भमा राष्ट्रियताका पक्षमा अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिए । पूर्वसभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट आन्दोलनभित्र ‘गरिखाने वर्ग’का नेता लामाको योगदानलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ