arrow

एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा नचल्ने

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार

काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा नचल्ने जनाएको छ। नेप्सले एक विज्ञप्ती निकाल्दै नेप्समा आवद्ध रहेका बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने बताएको छ।

नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । यो नेटवर्कमार्फत् नै  विभिन्न बैंकले एटिएम कार्डसँग सम्बन्धित स्विचिङ्ग गर्दै आएका छन् ।  अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ