arrow

निल्नु न ओकल्नु भयो जोनसनलाई प्रधानमन्त्रीको पद, आमनिर्वाचनको प्रस्ताव अस्वीकृत

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
boris-johnson.jpg

काठमाडौं । बेलायतमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरिदिएका छन् । समय अगावै निर्वाचन गराउन खोज्ने उनको चाहनालाई बुधबारको संसदले अस्वीकृत गरिदिएको हो ।  

हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री असफल भएका हुन् ।

सरकारले ४३४ मत ल्याउनु पर्नेमा पक्षमा २९८ मत मात्र खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।

ब्रेक्जिटबाट बाहिरिने मिति अगाडि नै उनले निर्वाचन गराउन चाहन्थे । ब्रेक्जिटको अन्तिम मिति अक्टुबर १९ हो । 

यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए । बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो ।

मङ्गलवार जोनसनको ब्रेक्जिट नीतिले संसदमा पराजय बेहोरेको थियो । मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए ।

Jeremy Corbyn

संसदमा बहुमत गुमाएपछि जोनसोनले निर्वाचनको बाटो लिएका हुन् । ब्रेक्जिट प्रक्रियाकै कारण यसअघिकी प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिएकी थिइन् । 

Keir Starmer (pictured centre today) seemed to confirm in the chamber this evening that a Brexit extension would need to be in place before a poll, saying Labour would 'ensure that we do not leave the EU with No Deal'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ