arrow

कांग्रेस नेता डीके शिवकुमार १३ सेप्टेम्बरसम्म इडीको नियन्त्रणमा 

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
dk-shivkumar1.jpeg

काठमाडौं । कांग्रेस आईका नेता डीके शिवकुमारलाई नौ दिनका लागि प्रवर्तन निर्देशालय इडीले हिरासतमा राख्ने भउको छ । 

दिल्लीको रोज एभेन्यु अदालतले बुधबार मुद्रा अपचलनमा मुछिएका शिवकुमारलाई सेप्टेम्बर १३ तारिखसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो । मनि लाउन्डरिङ प्रिक्वेशन एक्टका आधारमा मंगलबार गिरफ्तारमा परेका शिवकुमारलाई हिरासतमा राखिएको हो । 

उनलाई बुधबार विशेष न्यायाधीश अजय कुमार कुहारले नौ दिनका लागि हिरासतमा जाने आदेश दिएका हुन् । यसअघि इडीले अनुसन्धानमा सहयोग नगरेको भन्दै १४ दिन हिरासतमा रहनका लागि माग गरेको थियो । 

यसैबीच कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धीले शिवकुमारको गिरफ्तारी राजनीतिक बदलाको भावनाले गरिएको आरोप लगाएका छन् । 

उनले सरकारले ईडी वा सीबीआई वा दोस्रो कुनै पनि सरकारी एजेन्सी उपयोग गरेर आफूलाई मन नपर्ने मानिसलाई निशाना बनाएको आरोपसमेत लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ