arrow

वर्षाले डुबायो मुम्बई, १४ राज्यमा हाइ अलर्ट 

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
mumbai.jpeg

काठमाडौं । भारी वर्षाका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारी वर्षाले महाराष्ट्र, गुजरात तथा मध्य प्रदेशसहित थुप्रै राज्यमा जनजीवन अस्तव्यस्त बनेको हो । 

मौसम विभागले बिहीबार गुजरातमा सबैभन्दा बढी वर्षा हुने आशंका जनाएको छ । मध्यप्रदेश , छत्तीसगढ, राजस्थानसमेत १४ राज्यमा भारी वर्षाको चेतावनी दिएको छ । 

मुम्बईमा मंगलबार रातिदेखि वर्षा भइरहेको छ । जसका कारण सडक, रेल तथा अवाई व्यवस्था अस्तव्यस्त भएको छ । 

मौसम विभागले आगामी तीन दिनसम्म भारती वर्षा हुने जनाएको छ । 

नागपुरका करिब १०० गाउँको सम्पर्क टुटेको छ । मन्त्रालयले १००० कर्मचारीलाई मन्त्रालयमै रोकेर राखेको छ । ताकी जहाँ गम्भीर स्थिति आउँछ खटाउन सकोस् । 

नदीको जलस्तर बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ