arrow

नरेन्द्र मोदी र सिन्जो आबेबीच फेरि वार्ता

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
modi-abe.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच दुई महिनामा तेस्रो भेटवार्ता भएको छ । 

इस्टर्न इकोनोमिक समिट इइएफमा भाग लिन रुस पुगेका दुवैबीच बिहीबार तेस्रो भेटवार्ता भएको हो । 

दुई महिनामा एक पटक ओसाकामा र अर्को पटक फ्रान्समा दुईबीच भेट भइसकेको थियो । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारका अनुसार मोदी र आबेबीच आर्थिक, सुरक्षा, रक्षा, स्टार्ट अप तथा फाइभ जी जस्ता विषयमा चर्चा भएको छ । 

दुई नेताले क्षेत्रीय अवस्थाका बारेमासमेत विचार आदानप्रदान गरेका छन् । विदेशसचिव गोखलेका अनुसार जापान र भारतको वार्षिक बैठक डिसेम्बरमा दिल्लीमा हुन सक्नेछ । 
मिति भने पछि तय गरिने समझदारी भएको छ । मोदीले मलेसियाका प्रधानमन्त्री महातिर मोहम्मद र मंगोलियाका राष्ट्रपति खाल्तमागिन बतुल्गासंग पनि कुराकानी गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ