arrow

यमनी विद्रोहीसँग वार्ता भइरहेको अमेरिकी भनाई

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
yaman2.jpg

अलखार्ज, साउदी अरब । वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् ।

विहीबार मध्यपूर्व मामिला हेर्ने उपमन्त्री ड्याभिड स्केनकरले भने,“हामीले यमनी विद्रोहीसँग युद्ध अन्त्यका लागि वार्ता गरिरहेका छौँ । यमनमा जारी युद्ध अन्त्यका लागि वार्तामा अत्यन्त निकटमा रहेर छलफल भइरहेको छ ।”

“हामीले हुथी विद्रोहीसँगको वार्ताबाट सम्भवभएसम्म युद्ध अन्त्यका लागि पारस्परिक स्वीकार्य हुने समाधान पहिल्याउन कोशिस गर्नेछौँ ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ