arrow

कांग्रेसको नयाँ विधानअनुसार सुर्खेतमा क्षेत्रीय कमिटी

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
nepali-congress-flag.jpg.jpeg

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले पार्टीको नयाँ विधानअनुसार क्षेत्रीय कार्य समितिलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय प्रतिनिधि एवं डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष दुर्गाप्रसाद सापकोटाको उपस्थितिमा सङ्घीय निर्वाचन क्षेत्र नं १ र २ का पदाधिकारी चयन भएका हुन् ।
 
निर्वाचन क्षेत्र नं १ को सभापतिमा खड्कबहादुर पोखरेल चयन हुनुभएको छ । क्षेत्र नं १ को सहसभापतिमा ताराकेशर खड्का र उमालाल पाण्डे, सचिवमा भूपेन्द्र सुवेदी, कोषाध्यक्षमा दुर्गबहादुुर खत्री, सहसचिवमा मोहन राना र वीरबहादुर वली रहेका छन्। केन्द्रीय प्रतिनिधि सापकोटाले साविकका दुवै कमिटीका क्षेत्रीय सदस्यहरुसहित ४९ सदस्यीय कार्य समिति चयन गरिएको जानकारी दिए।

त्यस्तै, क्षेत्र नं २ मा लालवीर भण्डारी सभापति चयन भएका छन् । सहसभापतिमा नारायण कोइराला र कर्णबहादुर बुढा, सचिवमा कृपा थापा, गणेश पन्त, अम्मर दानी, कोषाध्यक्षमा नेत्रबहादुर शाही र सहसचिवमा भूवनसिंह सिजापति चयन एको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ