arrow

बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
jhonshon-brother.jpg

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् ।  व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन्  ।  राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत बचाईराख्न नसकेको उनले बताए ।

सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जोले भनेका छन्, “पछिल्ला केही हप्ता पारिवारिक सम्वन्ध र राष्ट्रिय स्वार्थको दुई छुट्टा छुट्टै बाध्यताबाट चेपिएको थिएँ ।”

“यो दोधारलाई समाधान गर्न धेरै प्रयास गर्दा पनि नसकेपछि मैले राष्ट्रिय स्वार्थको पक्षमा उभिएर राजिनामा दिएको हुँ,” उनले भने ।

उनले देशको सेवा गर्नका लागि आफु ओर्पिङटनका जनताको इमान्दार प्रतिनिधिका रूपमा संसदमा रहेको र तीन प्रधानमन्त्रीको मातहतमा रहेर मन्त्रीका रूपमा काम गरेको बताए ।  

बेलायतको पत्रिका डेली मेलले प्रधानमन्त्री जोनसोनले देशको हितमा काम नगरेको निश्कर्षसहित मन्त्री जोनसनले राजिनामा दिएको उल्लेख गरेको छ ।

पद त्याग गर्ने मन्त्री जोनसनको निर्णयले धेरैलाई आश्चर्य चकित बनाएको समाचारमा उल्लेख गरिएको छ ।

सरकारका एक जना प्रवक्ताले भने प्रधानमन्त्रीले जो जोनसनको सेवाका बारेमा विचार गर्ने बताए। उनले मन्त्री जोनसनलाई प्रतिभाशाली, बौद्धिक र गज्जबको मान्छे भएको प्रधानमन्त्रीको भनाई रहेको उल्लेख गर्नुभयो । सिन्ह्वा,एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ