arrow

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २० शुक्रबार
china-germany-trade.png

बेइजिङ। सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ। चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार सम्मेलनमा बताए, “सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २.४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ।”
  
त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७.६ प्रतिशतको वृद्धि हो। जर्मनीको लागि चीन लगातार तीन बर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ। जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए।

सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९.४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो। यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ