arrow

जापानी प्रधानमन्त्री आबे डिसेम्बरमा भारत जाने

logo
एएनआई,
प्रकाशित २०७६ भदौ २० शुक्रबार
Japanese-Shinzo-Abe-PM.jpg

रूस। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सिन्जे आबेका बीचमा रूसमा भेटवार्ता भएको छ। पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को पाँचौँ बैठकमा भाग लिन रूस आएका बेला बिहीबार मोदी र आबेबीच भेटवार्ता भएको हो।

उनीहरुले आपसी हित, सहकार्य, सम्वन्धका साथै क्षेत्रीय सरोकारका विषयमा कुराकानी गरेको अधिकारीहरूले जनाएका छन्। साथै भेटवार्तामा जापानका प्रधानमन्त्री आबे आउँदो डिसेम्बरमा भारतमा हुने बार्षिक एक शिखर सम्मेलनमा सहभागी हुन भारत जाने तय भएको छ।

दुई पक्षीय भेटमा सँगै रहेका भारतका विदेश सचिव विजय गोखलेले भेटपछि आबे भारत आउने निश्चित भएको जानकारी दिए। उनले सम्मेलन डिसेम्बरमा हुने तय भएपनि कति गते हुने भन्ने बारेमा भने एकीन भइनसकेको पत्रकारहरूलाई बताए।  

सम्मेलन अघि दुवै देशका दुई–दुई मन्त्रीको बैठक गराउने बारेमा पनि दुई प्रधानमन्त्री सहमत भएको गोखलेले जानकारी दिए। उनका अनुसार सम्मेलनअघि भारत र जापानका विदेश र रक्षा मन्त्रीहरूको संयुक्त बैठक हुने भएको छ। मन्त्रीहरूको बैठकले सम्मेलनका लागि आवश्यक पूर्वतयारी गर्ने भएको छ। 
 
रूसमा भएको सम्मेलनमा सहभागी हुन जापानका प्रधानमन्त्री सिन्जे आबे तीन दिने भ्रमणका लागि रूस आएका हुन् भने उनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई समेत भेटेका छन्। रूसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एशियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवद्र्धनका विषयमा छलफल हुने गर्दछ।

सन् २०१४ मा क्रिमियालाई रूसमा गाभेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले शक्ति सन्तुलनका लागि यो मञ्च स्थापना गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ