arrow

गुण्डा नाइके राजु गोर्खालीले यसरी कब्जा गर्दैछन सञ्चय कोष

२० करोड घाटा लगाउने चलखेल

logo
प्रकाशित २०७२ चैत २० शनिबार
raju-gorkhali.jpg.jpeg
काठमाडौं। राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन गुण्डा नाइके राजु गोर्खाली समूहले कब्जा गरेर देशभरका सरकारी सेवामा रहेका राष्ट्रसेवकहरुले रगत र पसिना गरेर सञ्चय गरेको रकममा तर मार्ने भएका छन्। सुन्धारास्थित सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’मा गुण्डा नाइके गोर्खाली समूहले वैधानिक प्रक्रिया पुरा गरेर कब्जा गर्न खोजेपछि यसभित्र भएको करोडौंको चलखेलले धेरैलाई अहिले झस्काएको छ। 
 
सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आव्हान गरेको थियो। गत शुक्रवार ११ वटा फर्मले टेण्डर बिड गरेका थिए। जसमा गोर्खाली समूहले आफ्नो दुई वटा फर्म दर्ता गर्दै सूर्यदिप ग्रुपको नामबाट सबैभन्दा बढि ३ करोड १७ लाख मासिक बुझाउने कबोल गरी टेण्डर हालेर मल हात पार्न सफल भएका हो। गोर्खाली समूहले सूर्यदिप फर्मबाट ३ करोड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु फर्मबाट २ करोड ७१ लाख मासिक बुझाउने शर्तमा टेण्डर हालेको थियो। तर यतिखेर अगाडीका दुबै फर्म आफ्नो भएपछि गोर्खाली नयाँ दाउ खेल्न लागेका हुन्। अघिल्ला दुईवटा आफ्ना फर्मले टेण्डर नसकार्ने र तेस्रो आफ्नै फर्मबाट टेण्डर सकार्ने प्रपञ्चमा गोर्खाली लागेका छन्। 
 
पहिलो र दोस्रो दुबै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५१ लाख कबोल भएको तेस्रो फर्म सूर्य बिनायक हाउजिङबाट सम्झौंता गर्ने योजनामा रहेका छन्। गोर्खाली समूहले पहिलो र दोस्रो फर्म छाडेर १ करोड ५१ लाख मूल्यमा टेण्डर हालेको सुर्य बिनायक हाउजिङबाट सञ्चय कोषसँग सम्झौंता गर्ने तयारी गरेको मल स्रोत बताउँछ। मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूह दुईवटै फर्मको ५७ लाख बैंक ग्यारेन्टी छोडेर भएपनि १ करोड ५१ लाखमा सम्झौंता गरी सञ्चय कोषलाई बार्षिक करिव २० करोड घाटा पु-याउने खेलमा लागेको छ। 
 
स्रोतका अनुसार उक्त तेस्रो फर्म कानून बमोजिम दर्ता नभएका कारण रद्ध हुन सक्छ। सो फर्ममा टेण्डर बिड गर्ने संस्थाको छाप र हस्ताक्षर समेत गरिएको छैन। उक्त फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो। राणा कोषको कालो सूचिमा रहेको बताइएको छ। तेस्रो फर्मबाट काम गर्न गोर्खाली समूह अहिले राजनीतिक र प्रशासनिक लबिङ लागेर मल कब्जा गर्ने षड्यन्त्रमा जुटेको छ। 
 
गोर्खाली आफ्ना नजिकका नेपाल प्रहरीका उच्च अधिकारीहरु र केहि राजनीतिक दलका नेताहरुलाई प्रभाव पारेर सञ्चय कोषमा कब्जा जमाउन खोजेका छन्। पर्न सकेका छैनन्। तर गोर्खाली समूहलाई तीन महिनाको भाडा र एक बर्षको बैंक ग्यारेन्टी गरेर करोडौंको जोहो गर्नु पर्ने सञ्चयकोषका अधिकारीहरु बताउँछन्। गोर्खालीले उक्त रकम जम्मा गरेको खण्डमा स्रोत खोजिने भएकाले गोर्खालीलाई टेण्डर हत्याउन त्यति सहज भने नभएको बुझाइ कर्मचारीहरुको छ। सबै उपाय लगाएर गोर्खाली समूहले टेण्डर पारेभने कसरी व्यवहार गर्नु भन्नेमा कोषका कर्मचारीहरु शशंकित छन भने काठमाडौं मलका व्यापारीहरु पनि गुण्डा नाइकेसँग कारोवार गर्नुपर्ने अवस्था आउनेहोकी भन्ने त्रसित बनेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ