arrow

तरुल खाएका कैदी बिरामी, अस्पताल भर्ना

logo
प्रकाशित २०७२ चैत २० शनिबार
chitwan-dist.jpg.jpeg
रत्ननगर (चितवन)। चितवनको भरतपुर कारागारमा सिमल तरुल खाएका ६ जना कैदी र थुनुवा बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो । बिहीबार मकवानपुरबाट एकजना कैदीका आफन्तले सिमल तरुल ल्याएका थिए । तरुल खाएकामध्ये ६ जना बिरामी भएपछि अस्पताल पठाइएको काफ्लेले जानकारी दिए । 
 
एघार जनाले तरुल खाएकामा पाँचजना सामान्य उपचारपछि फर्किएको भए पनि ६ जनालाई अस्पताल भर्ना गरिएको र अहिले भरतपुर अस्पतालमा उनीहरुको उपचार भइरहेको जनाइएको छ । मकवानपुरका कैदी चन्द्रबहादुर प्रजा चेपाङकी श्रीमतीले सिमल तरुल ल्याएकी थिइन् । चेकजाँच गरेर तरुल कैदी र थुनुवालाई खान दिइएको थियो । बिहीबार तरुल खाएका उनीहरु शुक्रबारदेखि बिरामी पर्न थालेका थिए । 
 
कारागारभित्रैको औषधि दिँदा झन् ज्वरो बढेपछि उनीहरुमध्ये हिजोसाँझ पाँचजनालाई अस्पताल पठाइएको जेलर काफ्लेले आज जानकारी दिए । फेरि साँझ तरुल खाएका अर्का पनि बिरामी परेपछि सबै बिरामी हुने आशङ्कामा गएराति ११ जनालाई नै अस्पतालमा उपचारका लागि लगिएको काफ्लेको भनाइ छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ