arrow

टेष्टमा कोहली र स्मिथ मध्ये को उत्कृष्ठ ? यस्ता छन् रेकर्ड

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
smaith-koholi.jpg

काठमाडौं । भारतीय कप्तान विराट कोहली र अष्ट्रेलियाका ब्याट्सम्यान स्टिव स्मिथ मध्ये को उत्कृष्ठ टेष्ट ब्याट्सम्यान हो, यो एक चर्चाको बिषय बनेको छ । जसमा क्रिकेटका धेरै  दिग्गजहरुले फरक फरक मत राखेका छन् । कोहली र स्मिथ हालैको क्रिकेटका दुई त्यस्ता ब्याट्सम्यान हुन्, जस्तो कुनै समय सचिन तेन्दुलकर र ब्रायन लारा थिए।

विराटले पूर्वका दिग्गज सचिन लगायत अरु धेरै दिग्गजहरुको अन्तर्राष्ट्रिय कीर्तिमानलाई आफ्नो नाममा गरिसकेका छन्  तर टेष्टमा भने स्मिथ राम्रो देखिएका छन् । एक बर्षको प्रतिबन्धपछि फर्केका स्मिथ खेलमा पहिले भन्दा अझ खतरनाक देखिएका छन् । भर्खरैको एशेज श्रृंखलामा उनले तीन टेष्ट म्याचको चार  इनिङमा १४७ भन्दा बढीको औसतमा ५८९ रन बनाइसकेका छन् ।

विराट टेष्टमा औसतको हिसाबले स्मिथभन्दा धेरै पछाडि छन् । भारतीय कप्तानले ५३.१४ को औसतले ​​रन बनाएका छन् । तर स्मिथको औसत ६४.६४ छ । उनि आफ्नो ६७ औं टेष्ट खेलिरहेका छन् भने कोहलीले ७९ औँ टेष्ट खेल खेलिसकेका छन्। टेष्टमा औसतको हिसाबले सर डन ब्राडम्यानपछि स्मिथनै यस्ता व्यक्ति हुन् जसको चर्चा भइरहन्छ । उनलाई यस युगको ब्राडम्यान भनेर चिनिन्छ । ब्राडम्यान विश्वको एक मात्र ब्याट्सम्यान  हुन् जसको टेष्ट औसत ९४.९४  छ।

ईङल्याण्डबिरुद्ध एशेज श्रृंखलाको चौथो टेष्टमा शतक लगाएपछि स्मिथले कोहली भन्दा अघि गएका छन् । विराटले टेष्टमा कूल २५ शतक बनाएका छन्  र स्मिथ  म्यानचेस्टरमा उत्रनु अघि उनीसँगै बराबरमा थिए । पहिलो इनिङमा शतक बनाएपछि उनले शतकका हिसाबले कोहलीलाई पछाडि पारेका हुन् । स्मिथले अन्तिम चार इनिंगमा दुई शतक र दोहोरो शतक बनाएका छन्। उनी लड्समा ९२ रन बनाएर आउट भएका थिए।

यदि सम्पूर्ण करियर र दुबैको टेष्ट क्यारियर दुबैको प्रदर्शनलाई हेर्ने हो भने पनि पछिल्लो १५ इनिंगमा स्मिथले भारतीय कप्तान कोहलीलाई ओझेलमा पारेका छन् । कोहलीले दुई शतक र तीन अर्धशतक बनाएका छन् । स्मिथले दुई दोहोरो शतक, तीन शतक र चार अर्धशतक बनाएका छन् ।

इङ्ल्यान्डविरुद्ध दोहोरो शतक जोडेर स्मिथ टेष्ट रनको मामिलामा कोहली भन्दा अघि निस्किएका छन् । अब स्मिथको टेष्टमा ६७८८ रन  भएको छ  भने विराटको नाममा ६७४९ रन छ।

प्रतिबन्धपछि फर्किका स्मिथले इङ्ल्यान्डबिरुद्ध एशेज श्रृंखलाको पहिलो टेष्टमा दुबै पारीमा शतक बनाए। विराट वेस्टइन्डिजबिरुद्ध ठूलो इनिङ खेल्न असफल भए र टेष्ट र्‍याकिंगमा यसको कुप्रभाव पनि सहनु पर्‍यो। अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि स्मिथले उनीबाट नम्बर एक टेष्ट र्‍याङ्क छिने।   स्मिथले ९०४ अंक हासिल गर्दै कोहलीले एक अङ्कले पछाडि छोडेर उत्कृष्ठ बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ