arrow

सुरक्षा परिषद्ले सिरिया र यमनको मुद्दा हेर्ने

logo
प्रकाशित २०७२ चैत २० शनिबार
United-Nations-Security-Council11-pardaphash-96008.jpg.jpeg
संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय सुरक्षा परिषदले सिरिया र यमनको विषयमा हाल भइरहेको प्रगतिको मुद्दा हेर्ने भएको छ । अप्रिल महिनामा राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्षता चीनले गर्दैछ । यसै महिनादेखि नै चीनको अध्यक्षताको यस परिषदले हालैका दिनमा सिरिया र यमनमा भइरहेको प्रगतिका बारेको मुद्दा हेर्ने भएको हो । 
 
साथै उक्त परिषदले अन्य मध्यपूर्वी राष्ट्रहरुका आन्तरिक द्वन्द्वको मुद्दा पनि हेर्ने भएको बताइएको छ । चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र हो । यस अप्रिल महिनामा चीनले उक्त परिषदको अध्यक्षता गर्नेछ । सिरियामा जारी रहेको युद्धविराम, यसले शान्ति स्थापनाका लागि गरेका विभिन्न प्रगतिका साथै सिरियामा प्रयोग गरिएको भनिएका घातक हतियारको बारेमा पनि यस परिषदले अध्ययन गर्ने भएको छ । 
 
अप्रिल महिनाका लागि सुरक्षा परिषदको अध्यक्ष रहनुहुने चिनियाँ लिउ च्यैले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो । यमनमा पनि गत महिना राष्ट्रव्यापी रुपमा युद्धविराम भएको छ । त्यहाँ पनि शान्ति स्थापनाका लागि प्रयासहरु जारी रहेका छन् । उता सिरियामा पनि पछिल्लो पटक संयुक्त राज्य अमेरिका र रसियाको प्रयासमा युद्धविराम भएको छ र शान्ति वार्ताका लागि जेनेभामा प्रयासहरु जारी रहेका बताइएको छ । 
 
संयुक्त राष्ट्रसंघको यस निकायलाई शक्तिशाली मानिन्छ । यस परिषदमा १० अस्थायी र पाँच स्थायी गरी १५ सदस्य राष्ट्र हुन्छन् । स्थायी सदस्य राष्ट्रले कुनैपनि एजेण्डमा भिटो अधिकार प्रयोग गर्न पाउँछ । यस परिषदको अध्यक्षता १५ वटा सदस्य राष्ट्रमध्येबाट अङ्ग्रेजी अक्षरको वर्णानुक्रमानुसार हरेक महिना एक सदस्यले गर्ने गर्दछ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ