arrow

तालिबानीले बन्दक बनाएका १३ जना मुक्त

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
taleban.jpg

काबुल । तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रान्तीय राष्ट्रिय सुरक्षा निर्देशनालयले बिहीबार राति विषेश सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा १३ जनालाई मुक्त गराइएको हो, राष्ट्रिय सुरक्षा कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।वक्तव्यमा जनाइएअनुसार फाराह प्रान्तको बाक्वा जिल्लामा उनीहरुलाई बन्दक बनाएर राखिएको थियो ।

सुरक्षा कारबाहीका क्रममा एक जना तालिबान लडाकूलाई गिरफ्तारसमेत गरिएको अधिकारीहरूले जनाएका छन् । सरकार विरुद्ध लड्दै आएका ५० जना लडाकूहरुको समूहले उनीहरुलाई बन्दक बनाएर राखेको वक्तव्यमा जनाइएको छ ।  

तालिवान लडाकूहरूले आम नागरिकलाई नियन्त्रणमा लिएर बन्दक बनाउने घटना समयसमयमा हुनेगरेको छ ।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ