arrow

नेपालको ब्याटिङ नचल्दा श्रीलङ्का विजयी

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
nepal-u-19_cricket.jpg

काठमाडौं ।  एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो ।
    
टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । एक सय ६० रनको विजयी लक्ष्य श्रीलङ्काले ३३ दशमलव चार ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

 नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । श्रीलङ्काका लागि कामील मिश्राले अर्धशतक प्रहार गरे । उनले ६२ बलको सामना गर्दै ५५ रन बनाए । यस्तै आहन विक्रमासिङ्घेले ३०, अभिष्का थारिन्दुले अविजित २५, निपुन धनञ्जय परेराले १८, रविन्दु रसन्थाले १५ तथा नाभोद प्रनभिस्थाले १२ रन जोडे ।
    
बलिङतर्फ नेपालका लागि रासिद खानले दुई तथा सागर ढकाल, कमलसिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धसतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिए ।

 कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लागि दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन-तीन तथा आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक-एक विकेट लिए । नेपालले अर्को खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ ।

एशिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा श्रीलङ्का, बङ्गलादेश र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ