arrow

खोलाबाट अवैध रुपमा ढुङ्गा बोक्ने ट्रक वाइसिएलको नियन्त्रणमा

logo
प्रकाशित २०७२ चैत २० शनिबार
baluwa.JPG.jpeg
नवलपरासी । नवलपरासीको अरुणखोलाबाट अवैध रुपमा निकालिएको खोलाजन्य पदार्थसहित दुई वटा ट्रकलाई वाइसिएलको टोलीले नियन्त्रणमा लिएको छ । शुक्रबार अरुणखोलाबाट अवैद्य रुपमा ढुङ्गा गिट्टी निकालिरहेका अवस्थामा वाइसिएलको टिमले दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको वाइसिएलले जनाएको छ । 
 
राजमार्गबाट एक किमीभित्रको स्थानबाट खोलाजन्य पदार्थ ट्रकमा लोड गरिरहेको सूचना पाएपछि क्षेत्र नं ३ का वाइसिएल संयोजक धर्मराज लुर्इंटेलसहितको टोली र स्थानीय मिलेर ट्रकलाई नियन्त्रणमा लिएको बताइएको छ । नवलपरासीमा यतिबेला विभिन्न खोलानालाबाट प्रहरी प्रशासनको मिलेमतोमै खोलाजन्य पदार्थ निकासी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ