arrow

न्युजिल्याण्डलाई श्रीलंकाले हराउँदा मालिंगाले राखे थुप्रै कीर्तिमान, चार बलमा चार विकेट 

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
malinga.jpg

काठमाडौं । श्रीलंकन बलर लासिथ मालिंगाले कीर्तिमानी प्रदर्शन गरेपछि श्रीलंकाले न्युजिल्याण्डलाई तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा ३७ रनले हराएको छ । 

खेलमा श्रीलंकाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १२५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुशा गुनाथिलाकाले ३० तथा निरोशन डीक्वेलाले २४ रन बनाएका थिए । 

शुक्रबार राति पाल्लेकेलेको घरेलु मैदानमा श्रीलंकाले दिएको १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रन जोड्दा अलआउट भएको थियो । 

कप्तान टिम साउथीले नटआउट २८ रन जोडे । ४ खेलाडीले खाता खोल्न सकेनन् । 

मालिंगाले ह्याट्रिकसहित ५ विकेट लिए । उनले तेस्रो ओभरको चार बलमा लगातार ४ विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए ।

उनले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन् । योसँगै मालिंगा टी–२० मा दुई पटक ४ बलमा ४ विकेट लिने खोलाडी बनेका हुन् । दोस्रो पटक ह्याट्रिक लिने खेलाडीको कीर्तिमान पनि मालिंगाको नाममा रहेको छ । 

उनले टी–२० मा १०० विकेट लिने पहिलो खेलाडीको नामसमेत आफ्नो नाममा लेखाएका छन् । 

मालिंगाले अन्तराष्ट्रिय क्रिकेटमा पाँच ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

यो शानदार जितले पनि श्रीलंकाले सिरिज भने जोगाउन सकेन । यसअघिका दुवै खेल जितेको न्युजिल्याण्डले सिरिज २–१ ले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ