arrow

जर्मनीलाई नेदरल्याण्डले हरायो, बेल्जियमको उत्कृष्ट प्रदर्शन

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
germany7.jpg

काठमाडौं । युरोकप फुटबल छनोटमा जर्मनीले नराम्रो हार खेपेको छ । जर्मनीले घरेलु मैदानमा नेदरल्याण्डसंग ४–२ गोल अन्तरको हार खेपेको हो । 

जर्मनीका लागि टोनी क्रुस र सर्गि नाब्रीले गोल गरे भने पाहुना टिमलाई जिताउन फ्रेन्कि डे जोङ, मालेन र विजाल्डमले १–१ गोल गरे । जोनाथन ताले आत्मघाती गरेका थिए । 

समूह सी को अर्को खेलमा बेलारुसले इस्टोनियालाई २–१ गोल अन्तरले हरायो । 

समूह आइको खेलमा बेल्जियमले सान मारिनोलाई ४–० गोल अन्तरले हरायो । बात्सुयायीले दुई तथा ड्राइस मेर्टेन्स र नासर चाड्लीले १–१ गोल गरे ।

यस्तो छ शनिबार रातिका अन्य खेलको नतिजा
स्लोभाकिया ०–४ क्रोएसिया
वेल्स २–१ अजरबैजान
अष्ट्रिय ६–० लात्भिया
स्लोभाकिया २–० पोल्याण्ड
साइप्रस १–१ पोल्याण्ड
साइप्रस १–१ काजखस्थान
स्कटल्याण्ड १–२ रुस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ