arrow

मीसन चन्द्रमा असफल हुँदा रोय इसरो प्रमुख, सम्हाले मोदीले

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
Modi-isro-chief.jpg

काठमाडौं। चन्द्रमामा चन्द्रयान पुर्याउने भारतको बहुचर्तित मीसनअन्तिम समयमा आएर असफल भएको छI करिब २ किलोमिटर नजिक पुगेपछि विक्रम ल्यान्डर सम्पर्क विहिन भएको थियो।

चन्द्रयान ल्याण्ड भएको साक्षी बन्न इसरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलेर खुसी साट्न पाएनन् बरु सबै दुखी भएका इसरोका प्रमुखदेखि वैज्ञानिकहरुलाई सम्झाउन लागिपरे।

मोदीले अभिभावकीय भुमिका निर्वाह गर्दै देश इसरोका वैज्ञानिकहरूको साथमा रहेको बताए। उनले चन्द्रयानसँग सम्पर्क टुटेपनि भारतको चन्द्रमा मीसनको संकल्प नटुटेको भन्दै वैज्ञानिकहरूलाई मीसन जारी राख्न आग्रह गरे।  

अन्तिम समयमा असफल भएको पीडा व्यहोरेका इसरो प्रमुख के सिभन रुन थाल्दा मोदीले उनलाई अँगालो हालेर सम्झाएका थिए।

यसअघि ल्यान्डिङको समय बितेपछि इसरोको मुख्यालयमा वैज्ञानिकहरुको स्थिति तनावग्रस्त बनेको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुख्यालयमा खडा रहेका थिए । उनले वैज्ञानिकहरुसंग पुगेर हौसला बढाएका थिए । 

उनले भने ‘जीवनमा उतार–चढाव आउँछन् जुन तपाईहरुले गर्नुभयो त्यो छोटो थिएन । अगाडि पनि हाम्रो कोशिस जारी रहन्छ । देशलाई आफ्ना वैज्ञानिकप्रति गर्व छ ।’

मोदीले भनेका छन्, ‘म वैज्ञानिकहरुको साथमा छु । हिम्मतका साथ चलौं । जुन तपाईहरुले गर्नुभएको छ यो पनि ठूलो उपलब्धि हो ।’

अब के हुन्छ ?
जुन आर्बिटरबाट ल्यान्डर अलग भएको छ त्यो अझै पनि चन्द्रमाको सतहबाट ११९ देखि १२७ किलोमिटरको उचाइमा घुमिरहेको छ । 

२३७९ किलोग्रामको आर्बिटरसंग ८ पेलोड छ । यसले एक वर्ष काम गर्नेछ । ल्यान्डर र रोवरको स्थिति पत्तो नलागे पनि मिशन भने जारी रहने छ । ८ पेलोडका अलग अलग काम हुनेछन् । 

अब चन्द्रमाको सतहको नक्सा तयार गर्नुपर्नेछ । यसबाट चन्द्रमाको अस्तित्व र उसको विकास पत्ता लगाउने काशिस हुनेछ । 

म्याग्नेसियम, एल्मुनियम, सिलिकन, क्याल्सियम, टाइटेनियम, आइरन र सोडियमको उपस्थितिको पत्ता लगाइने छ । सूर्यको किरणमा रहेको सोलर रेडियशनको तीव्रता मापन गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ