arrow

टानमा कम्युनिष्ट पराजित हुँदा कांग्रेस निकटहरुको शानदार जीत

पर्यटन मन्त्री योगेश भट्टराई र सूर्य थापा निकटबीच अन्तर्घातको आरोप प्रत्यारोप

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार

काठमाडौं । नेपाल ट्रेकिङ एजेन्टस् एशोसिएन(टान)मा नेपाल कम्युनिष्ट पार्टी निकट अन्जान थापाको समूह पराजीत भएको छ। नेपाली कांग्रेस निकट खुमबहादुर सुवेदी टानको अध्यक्षमा निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा अन्जान थापालाई हराउँदै कांग्रेस निकट सुवेदी निर्वाचित भएका हुन् । अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भए। सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४ सय ३८ मत ल्याए।

सुवेदी समूहले टानमा सानदार ढंगले जितेको छ। सुवेदी समूहबाट बरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका हुन्। सुवेदी समूहबाट सदस्यहरुमा सनम शेर्पा, सिम्बा शेर्पा, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।   

थापाको पराजयसँगै नेकपामा एकआपसमा अन्तर्घातको आरोप प्रत्यारोप सुरु भएको छ। विगतमा २ कार्यकाल एमाले माओवादीको पकडमा रहेको टानमा यसपटक कांग्रेसले सानदार बिजय हासिल गरेको छ। नेकपा कति अलोकप्रिय भइसकेको रहेछ भन्ने कुरा टान निर्वाचनले पनि देखाएको छ। टान निर्वाचनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले थापाको नाममा सहमति गरेका थिए । पर्यटन मन्त्री योगेशको प्रयासलाई असफल पार्न र थापालाई हराउन साविक एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, पूर्ण कुँवरहरु लागेको आरोप मन्त्री भट्टराई निकटहरुले लगाउन थालेका छन् । 

त्यसैगरी थापा र रिजाल समूहले भने पर्यटन मन्त्री भट्टराईले जहाँ हात हाल्यो त्यहीँ नेकपा पराजीत हुने गरेको आरोप लगाएको छ। मन्त्री भट्टराईको पहलमा थापालाई उम्मेदवार बनाएका कारण हारेको आरोप उनीहरुले लगाएका छन्।

महासचिवमा नेकपा निकट सरिता लामा जित्ने, सचिव र ७ सदस्य पनि नेकपा निकट नै निर्वाचित हुने तर अध्यक्षमा अलोकप्रिय थापालाई बोकेकाले हारेको आरोप उनीहरुले लगाएका छन्। नेकपाका नेता घनश्याम भूसाल र मुकुन्द न्यौपाने उम्मेदवार चयनदेखि नै मैदानमा हुँदा पनि थापा हार्नुमा उनीहरु पनि कारक रहेको मन्त्री भट्टराईबिरोधी खेमाको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ