arrow

जयशंकरले भने – सभ्य तरिकाद्धारा वार्तालाई तयार

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
sjayshankar.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादको मुद्धामा पाकिस्तानसंग सभ्य तरिकाले वार्ता गर्न भारत तयार रहेको बताएका छन् । 

जयशंकरले सीमापारबाट भएको प्रायोजित आतंकवादलाई मध्यनजर गर्दै वार्ता टाउकोमा बन्दूक तेर्साएर नहुने बताएका हुन् । 

उनले सिंगापुरको मिन्ट एसिया लिडरसिप सम्मेलनका क्रममा उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘यदि पाकिस्तान र भारतका बीचमा कुनै मुद्दा छन् भने त्यसबारेमा वार्ता पनि दुई देशबीच नै हुनेछ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशमा ४० विभिन्न आतंकवादी समूह सक्रिय रहेको बताएका थिए । यस भनाइप्रति जयशंकरले यस सम्बन्धमा वार्ता गर्न तयार रहेको बताए ।

उनले भने, हामी यसरी कुरा गरौं जसरी दुई छिमेकी देश कुरा गर्छन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ