arrow

अफगानिस्तानमा बाह्र लडाकू मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २१ शनिबार
afgan.png.png

अफगानिस्तान। अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन्। देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन्। उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन्। 

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो। सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताए। उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मी तर्फ कुनै क्षति नभएको दाबी पनि गरे। घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन। 

तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ