arrow

कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर अब नि:शुल्क

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आइपिसएस इपेमेन्ट प्रणालीमा पैसा ट्रान्सफर, ट्रान्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने भएको  छ।  उक्त सुविधा सिमित अवधिका लागिमात्र भएको कम्पनीले जनाएको छ।

यो सुविधा प्रयोग गर्नका लागि कनेक्ट आइपिएसमा आफ्नो बैंक खाता लिंक गरेर बैंकबाट भेरिभाइ भएपछि पाइने नम्बरका आधारमा ग्राहकले फन्ड ट्रान्सफर पाउनेछन्। एनसीएचएलमा ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन्। 

यो प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड, बिलभुक्तानीको साथै राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड विल भुक्तानी, मोबाईल वालेट फण्ड लोड लगायतका सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ