arrow

मर्केल चीनबाट फिर्ता, भ्रमण उपलब्धिपूर्ण भएको भनाइ

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
markel.png

बेइजिङ । जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएकी छिन् । जर्मनीको चान्सलरमा नियुक्त भएयता १२ पटकसम्म चीनको भ्रमण गरिसकेकी मर्केलको भ्रमणले चीन जर्मनीबीच सहकार्यका नयाँ सम्भावनालाई स्वागत गरेको उल्लेख दुबै देशका अधिकारीहरूले गरेका छन् ।     
     
भ्रमणबाट चीन र जर्मनीबीचको सम्बन्धको घनिष्टता र महत्वलाई थप पुष्टि गरेको बेइजिङले बताएको छ । उनको भ्रमणबाट श्रृंखलाबद्ध आर्थिक तथा व्यापारिक सहयोग उपलब्धि भएको बताइएको छ ।     
     
दीर्घकालदेखि चीन र जर्मनीबीचको सम्बन्ध पनि चीन र अन्य पश्चिमा मुलुकसँगको सम्बन्धहरुजस्तै अगाडि बढ्दै गएको छ । वर्तमान विश्व परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा यी दुबै मुलुकबीचको सम्बन्धको विकास सारा विश्वको शान्ति तथा स्थिरताका लागि हितकर हुने मर्केलले बताइन् । 

चान्सलर मर्केलको यस भ्रमणको लक्ष्य चीनसँगको आर्थिक सहयोगलाई गहन पारेको नै भएको बताइएको छ । मर्केलद्वारा व्यक्त एक भनाईलाई उल्लेख गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्, “अन्य मुलुक जस्तै चीनसँग पनि विकासको अधिकार छ । चीनको विकास प्रगतिमा बाधा सिर्जना हुँदैन ।”     
     
उनले थपिन्, “चिनियाँहरुले राम्रो जीवन पाउनु नै सारा विश्वका विभिन्न मुलुकको हितसँग अनुकूल छ । यो चीनलाई सम्झना गर्ने राजनीतिज्ञले चीनको विकासका लागि गर्नुभएको एक उचित मूल्याङ्कन हो ।”     
     
सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले हालै दिएको जानकारीअनुसार सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २.४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको छ ।     
     
त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७।६ प्रतिशतको वृद्धि हो । जर्मनीका लागि चीन लगातार तीन वर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।  
     
सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९।४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ