arrow

ट्रम्पले तालिवानी समूहको शान्ति सम्झौता रद्द गरे, अफगानिस्तानमा थप हिंसा हुन्छ कि !

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा हिंसा फैलाइरहेको तालिवानी विद्रोही समूहसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् ।

ट्रम्पले आइतबार अफगानी राष्ट्रपति असरफ घानी र तालीबानी सिनियर नेतासंग भेट गर्ने तय भएको समेत बताएका थिए । 

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बीबीसीले लेखेको छ । 

उक्त बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । 

वार्ता रद्द भएपछि अफगानिस्तानमा थप हिंसा बढ्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ