arrow

नेपाली काँग्रेस सिन्धुलीमा को को भए क्षेत्रिय सभापति?

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
sindhuli-nc-savapati.jpg

सिन्धुली। नेपाली कांग्रेस सिन्धुलीले क्षेत्रिय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको छ।

नेपाली कांगेस सिन्धुलीको पार्टी कार्यालय सिन्धुलीमाढीमा बसेको सिन्धुली क्षेत्र नं १ र क्षेत्र नं २ को क्षेत्रिय बैठकले क्षेत्रिय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको हो ।

बैठकले सिन्धुली निर्वाचन क्षेत्र नं १ क को प्रदेश समिति सभापतिमा शुकदेव कुँवर, ख को सभापतिमा चन्द्रदिप कोईरालालाई चयन गरेको छ। 

त्यसैगरि निर्वाचन क्षेत्र नं २ क को प्रदेश समिति सभापतिमा बोध बिक्रम थापा र ख को सभापतिमा दिलिप रायमाझी सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं १ को सभापतिमा कर्ण बहादुर थापा मगर र क्षेत्र नं २ को सभापतिमा जगत बहादुर भोलन चयन भएका छन्।

पार्टीको संशोधित बिधान र स्थानिय तहको पुनर्संरचना अनुसार क्षेत्र र प्रदेशका सभापति टुंगो लगाउन सिन्धुलीमा खटिएका केन्द्रीय प्रतिनिधि गणेश कोईराला र जिल्ला सभापति उज्जवल बराल सहितको बैठकले सभापतिहरुको सर्वसम्मत चयन गरेको जिल्ला सचिव कृष्ण प्रसाद दाहालले जानकारी दिए ।

यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २०६४ सालको संबिधान सभा चुनावताका २ वटा मात्रै निर्वाचन क्षेत्र कायम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ