arrow

जेठमलानी रहेनन्, जसले लडेका थिए ईन्दिरा र राजीव गान्धी हत्याको मुद्दा

जसले १७ वर्षमै पूरा गरेका थिए एलएलबी

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
ram-jethmalani-amit-shah.jpeg

काठमाडौं । वरिष्ठ भारतीय वकिल राम जेठमलानीको निधन भएको छ । उनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो । 

जेठमलानीले दिल्लीस्थित आफ्नै निवासमा अन्तिम स्वास फेरेका हुन् । उनी गत दुई हप्तादेखि गम्भीर बिरामी थिए । 

Image

जेठमलानी अटल बिहारी वाजपेयी सरकारमा केन्द्रीय कानुन मन्त्रीका अलावा शहरी विकास मन्त्री थिए । 

बिहारबाट राष्ट्रिय जनता दल राजदका उनी हाल राज्यसभा सांसद पनि थिए । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहसमेतले श्रद्धाञ्जली दिएका छन् । 

Image

राष्ट्रपति कोविन्दले भनेका छन्, ‘म दुःखी छु । उनी सार्वजनिक मुद्धामा आफ्नो वाक्पटुताका लागि जानिन्थे । देशले विद्धान तथा कानुनविद् गुमाएको छ ।’

Image

प्रधानमन्त्री मोदीले भने, ‘हामीले असाधारण वकिल गुमायौं । उनी मजबुदीतरिकाले आफ्नो कुरा राख्न कहिल्यै पछि हटेनन् । उनी हामी बीच छैनन् तर उनको कार्य हमेशा याद राखिनेछ ।’

Image

काँग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले जेठमलानीको निधनप्रति दुःख व्यक्त गर्दै परिवार तथा स्नेहजनप्रति गहिरो संवेदना व्यक्त गरेकी छिन् । 

Image

को हुन् जेठमलानी ? 
जेठमलानीले जोधपुर जेलमा बलात्कारको आरोपमा रहेका आसाराम काण्ड, अरविन्द केजरीवालका लागि जेटली मानहानी काण्ड, २०११ मा राजीव गान्धीका हत्यारा काण्ड, ईन्दिरा गान्धी हत्यारा काण्ड, जयललिताको बिहाबविहीन सम्पत्ति काण्ड, हर्षद मेहता तथा केतन पारेखको स्टक मार्केट घोटाला काण्ड, मुम्बई माफिया हाजी मस्तानको घोटाला लगायतका मुद्दा लडेका थिए । 

Image

उनले लालकृष्ण आडवाणी, पूर्वप्रधानमन्त्री नरसिंह राव, अमित शाह, येदियुरप्पा, रामदेव तथा शिवसेनाका लागिसमेत पनि मुद्दा लडे । 

जेठमलानी सन् १९७१ र १९७७ मा भाजपा–शिवसेना समर्थनमा चुनाव जितेर सांसद बने । १९९६ मा बाजपेयी सरकारमा मन्त्री बने । 

पछिल्लो समय उनी सन् २०१६ मा लालु यादवको पार्टीले उनलाई राज्यसभाका सदस्य बनाएको थियो । 

पढाइमा तेज उनले १७ वर्षको उमेरमा एलएलबीको डिग्री हासिल गरेका थिए । उनको जन्म सन् १९२३ मा पाकिस्तानको शिकारपुरमा भएको थियो । १३ वर्षमा मेट्रिक गरेका उनले १७ वर्षमै एलएलबी गरेका थिए । 

उनका नाममा थृुप्रै पुरस्कार छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ